Breaking News

ज्ञानेन्द्रलाई मख्ख बनाउदै विश्वबन्धु पनि उतै

gyanendra ex king२१ जेठ, काठमाडौ । पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपालको एकजना बलियो पिल्लर विश्वबन्धु थापा राप्रपा नेपालमा प्रवेश गरेका छन् । विश्वबन्धुको प्रवेशपछि कमल थापाको राप्रपा नेपालको पल्लाभारी भएको छ ।
काठमाडौमा आयोजित कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना अविभावक जस्ता नेता विश्वबन्धुलाई पार्टी प्रवेश गराएका हुन । यसअघि राजपाका वरिष्ठ नेता केशरबहादुर विष्टपनि राप्रपा नेपालमा समाहित भइसकेका छन् ।
पूर्वपञ्चहरुको पार्टीमा उदार छवी बनाएका विश्वबन्धुको राप्रपा नेपाल प्रवेशले पूर्वराजा ज्ञानेन्द्र हषिर्त बनेका छन् । विश्वबन्धुको प्रवेशसँगै राजतन्त्रप्रति उदार दृष्टिकोण भएका पूर्व पञ्चहरूपनि कमल थापाको पार्टीमा गोलबद्ध हुने भएका छन् ।
राप्रपा नेपालसँग र्‍याडिकल एजेण्डा रहेका कारण भर्खरै एकीकरण भएको राप्रपा नेपाल भन्दा कमल थापाको राप्रपा नेपालसँग जनसमर्थन रहेको बताएका छन् । विश्वबन्धुको आगमनपछि राजतन्त्र पुनस्थापनाको अभियान झन् सशक्त बन्ने कमल थापाले बताए ।

How about this Article

No comments:

Leave a Reply