Breaking News

इमर्जिङ कप क्रिकेटमा नेपालले भारत र पाकिस्तानलाई चुनौती दिने

nepali cricket team returns from bermuda2२१ जेठ, काठमाडौ । सिंगापुरमा हुने एसीसी इमर्जिङ टिम कप क्रिकेटमा नेपालले भारत तथा पाकिस्तानसँग प्रतिष्पर्धा गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल एसीसीले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल भारत यु-२३ र पाकिस्तान यु-२३को टोलीका साथै अफगानिस्तानसँग समूह ए मा परेको छ । 
नेपालले आफ्नो पहिलो खेल भने आगामी भदौ १ गते अफगानिस्तानविरूद्ध खेल्नेछ । यस्तै दो्स्रो खेल भारतसँग ४ भदौमा र पाकिस्तानसँग ५ भदौमा प्रतिष्पर्धा गर्नेछ । टोलीबाट शीर्ष दुई स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालका लागि यो प्रतियोगितामा सेमिफाइनल पुग्नका लागि निकै कठिन हुनेछ । अफगानिस्तानको टोलीका साथै भारत र पाकिस्तानजस्ता क्रिकेट हस्तिले भरिएको टोलीसँग प्रतिष्पर्धा गर्दै सेमिफाइनलमा प्रवेश गर्नु पक्कै पनि सहज भने हुने छैन् ।
तर, क्रिकेटलाई अनिश्चितताको खेल भनिने भएकाले र नेपाली टोलीको प्रदर्शन केही समयदेखि सुधारोन्मुख रहेकाले पनि नेपाली क्रिकेट टोलीले केही गरेर देखाउने सम्भावनालाई भने हामीले वेवास्ता गर्नु हुँदैन ।
यस्तै, समूह बीमा आयोजक सिंगापुरसँगै यूएई, श्रीलंका र बंगलादेशको यू-२३ टोली छन् ।

How about this Article

No comments:

Leave a Reply