Breaking News

उपराष्ट्रपति झा आज चीन जाँदै

paramananda jha२१ जेठ, काठमाडौ । उपराष्ट्रपति परमानन्द झा आज चीन भ्रमणका लागि त्यसतर्फ जाँदै छन् । 
दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति झा आज दिउँसो ३ बजेपछि चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी कुनमिङतर्फ प्रस्थान गर्दैछन् । त्यहाँ हुने व्यापार मेलामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।
उपराष्ट्रपति झा कुनमिङमा आयोजना हुने प्रथम दक्षिण एसियाली व्यापार मेलामा सहभागी हुने र चीनको राजधानी बेइजिङ जाने बताइएको छ । बेइजिङ रहँदा उनले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उपराष्ट्रपति झा बेइजिङबाट चीनको औद्योगिक महानगर साङघाइ हुँदै जेठ २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । उपराष्ट्रपतिका साथ उनकी धर्मपत्नी नविना झा, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेल, नायव शिष्टाचार महापाल नारायण मैनाली लगायत रहनेछन् ।
पहिले राष्ट्रपति रामवरण यादव उक्त व्यापार मेलामा जाने तयारी गरिएपनि चिनियाँ राष्ट्रपतिलाई भेट्न नपाउने भएपछी राष्ट्रपतिले आफ्नो भ्रमणलाई स्थगित गरेका थिए । चिनियाँ राष्ट्रपति विभिन्न मुलुकका लागि भ्रमणमा निस्कने भएपछि उनले भेट्न नसक्ने भएपछी उनले आफू चीन नजाने बताएका थिए । उनी नजाने भएपछी व्यापार मेलामा भाग लिनका लागी उपराष्ट्रपति परमानन्द झाले अवसर पाएका हुन् ।


How about this Article

No comments:

Leave a Reply