Breaking News

नायीका जिया खानद्धारा आत्महत्या

jia khanबलिउड नायीका जिया खानले आत्महत्या गरेकी छिन्।
उनले मुम्बइको जुहुमा रहेको आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी हुन्। २५ वर्षिय नायीकाले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
बेलायतमा हुर्केकी जिया केही समय यता भारतमा आमा रबियासंग बस्दै आएकी थिइन्। 
उनले गएराती ११ बजे आत्महत्या गरेको प्रहरीले बताएकाको छ। उनिको कुनै सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ।
जियाले सन २००७ मा विवादास्पद चलचित्र 'निशब्द'बाट बलिउड प्रवेश गरेकी थिइन्। चलचित्रमा नायक अमिताभ बच्चन पनि थिए।
जिया केही समय यता निजि कारनले तनावमा रहेने गरेको बताइएको छ। जिया चलचित्र 'गजिनी' र हाउसफूलकी समेत नायीका हुन्। प्रहरीले घटनाको छानविन गर्दैछ।


How about this Article

No comments:

Leave a Reply