विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदै
नेपालमा पनि विश्व वातावरण दिवसका अवसरमा वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा वातावरण मन्त्रालयले पनि राजधानीमा एक कार्यक्रमको आयोजना गर्दैछ भने सरकारी तथा गरैसरकारी संघसंस्थाहरूले पनि वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभावबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दैछन् ।
सरकारले वातावरणको अनुगमन र नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो वर्ष पहिलो पटक वातावरण विभाग समेत गठन गरेको छ । पर्यावरणप्रति जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् १९७३ जून ५ देखि विश्व वातावरण दिवस मनाइने गरिएको हो ।

No comments: