Breaking News

जापान बन्यो विश्वकपमा छनोट हुने पहिलो राष्ट्र

२२ जेठ, काठमाडौ । ब्राजिलमा आगामी सन् २०१४ मा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट हुने जापान पहिलो टोली बनेको छ । विश्वकपमा छनोट हुन १ अंकको आवश्यकता रहेको अवस्थामा अष्ट्रेलियासँग १-१ गोलको बराबरी खेलेपछी विश्वकपमा छनोट हुन सफल भएको हो ।
समूह 'बी'मा रहेको जापानले दोस्रो स्थानमा रहेको ओमानसँग ७ अंकको स्पष्ट अग्रता कायम गर्दै शीर्ष स्थानमा रहेको छ । आयोजकले हैसियतमा ब्राजिल विश्वकपमा छानिने पहिलो टोली भएपनि प्रतियोगिताबाट छनोट हुने पहिलो टोली भने जापान बनेको हो । यससँगै जापान लगातार पाँचौ पटक विश्वकपका लागि छनोट भएको छ ।
घरेलु मैदान साइमातामा भएको खेलको इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै केइसुके होन्डाले गोलगरेपछि जापानको विश्वकप यात्रा तय भएको हो । यसअघि ८२ औ मिनेटमा अष्ट्रेलियाका टोमी औरले गोल गर्दै १-० को अग्रता लिएका थिए । तर, इन्जुरी समयमा पेनाल्टी पाएपछी जापानले बाजी मारेको हो ।

How about this Article

No comments:

Leave a Reply