काजीको 'काल' नजिकिदै,प्रचण्ड बाबुराम एक ठाउँमा
विशेष गरि वैद्य समुहको पार्टीबाट बहिर्गमन भएपछि नक्कली राष्ट्रवादको नारा उछाल्दै वैद्यको ठाउँमा आउन खोजेका बुझाइमा रहेका प्रचण्ड बाबुरामले श्रेष्ठलाई दह्रो 'दनक' दिन लागेको पार्टी स्रोतले बताएको छ ।
सधै कचकच र हैरान गर्ने र आफ्नो प्रत्येक निर्णयमा भाँजो हाल्ने वैद्य समुह पार्टीका छुट्टिएर गएपछि केही समय आनन्द महसुस गरेको प्रचण्डले नारायणकाजीले राष्ट्रवादको मुद्धा उठाउन थालेपछी फेरी अर्को झिंझो आइलाग्यो, यसलाइ नपन्छाइ हुन्न भन्ने गरेको बताइन्छ।
उता अर्का उपाध्यक्ष बाबुराम भट्टराई पनि नारायणकाजीलाई खासै मन पराउँदैनन । खास गरि विप्पा सम्झौतको श्रेष्ठले चर्को विरोध गरेका कारण र बाबुरामलाई भारतसंग जोडेर अनेक प्रचार गर्ने गरेका कारण पनि बाबुराम श्रेष्ठलाई थप साइजमा ल्याउनु पर्ने पक्षमा छन।
नेता श्रेष्ठ माओवादी खुला राजनीतिमा आएपछी प्रचण्डका दाहिने हात मानिन्थे र प्रचण्डको लवाई-खूवाइ शैलीको समेत अनुसरण गर्ने गरेका थिए।
तर समय बद्लिदै जाँदा श्रेष्ठको प्रचण्डको किचन क्याविनेटमा अटाउन सकेन् र उनकै विरोधी बने।
प्रचण्ड बाबुराम दुबै यतिखेर नेता श्रेष्ठलाई पार्टीमा थप कमजोर बनाउन सहमत भएको बताइएको छ। विस्तारै उनका सहयोगीलाई सस्थापन तिर ढल्काउन र नमाने जिम्मेवारी नै नदिने योजना बनिसकेको बताइन्छ।
आउँदो केन्द्रिय समितिको बैठकमा प्रचण्ड बाबुराम पक्षधदरले श्रेष्ठको उछितो काड्ने योजना बनाइसकेको र उनिमाथी त्यसै बैठकबाट ठुलो विपत्ती ल्याउने तयारी भएको स्रोतले बताएको छ

No comments: