ज्ञानेन्द्रले तास खेल्न पाएनन् !
यसका बारेमा आज प्रकाशित जन आस्थाले रोचक सामाग्री प्रकाशित गरेको छ।
पुर्व राजा ज्ञानेन्द्रको साथी सर्कल क्रमश पाँतलिदै गएको रहेछ। उनले तास खेलेर रमाइलो गर्न केही साथीहरुलाइ निर्मल निवास बोलाएका रहेछन्।
तर ति मध्य कमै उपस्थित भए। कारण थिए ज्ञानेन्द्रको प्राय साथीहरु कि र रोगी कि त बुढा।
लवविक्रम शाहलाइ नराम्ररी बुढ्यौलीले च्यापेको, प्रभु शाह पनि उस्तै ।
बेलायतका लागि पुर्व राजदुत प्रवस शमसेरलाइ पखाला लागेर सलाइन पानी चढाउनु परेको भन्दै आएनन्।
शान्तकुमार मल्ल कहिले कहिं मात्रै झूल्कने।
यसरी पुर्व राजा ज्ञानेन्द्रले तास खेल्ने साथी पाएनछन् । राजा हुँदा अनेक मानिसले घेरिने ज्ञानेन्द्र पावरबाट विमुख हुँदा एक्लो बनेको उनि नजिकाले बताउँछन्
राजावादी भन्ने रुचाउने नेताहरु पनि कमै जाने गर्दछन् भने सुर्यबहादुर थापा र पशुपतिशमेसरका पार्टीका त धेरै गणतन्त्रवादी भइसके ।

No comments: