Breaking News

विवाह गर्न नमानेपछी बाबुद्धारा छोरीको हत्या

२३ जेठ, एजेन्सी । एक बाबुले आफ्नी छोरीको हत्या गरेका छन् । छोरीले विवाह गर्न नमानेपछी ती बाबुले छोरीको हत्या गरेका हुन् । भारतको उत्तर प्रदेशका श्यामजी सुक्लाले आफूले हेरेको केटासँग आफ्नी १५ वर्षीय छोरीले विवाह गर्न नमान्दा छोरीको हत्या गरेका हुन् ।
आमा र भाई आफन्तको विवाह गर्न गएको बेला शुक्लाले छोरीको हत्या गरेका थिए । आमा घर फर्कँदा छोरीको मृत शरिर फेला पारेपछी उनले प्रहरीमा आफ्नै पतिविरुद्ध उजुरी हालेकी छिन् । उनले आफ्ना पतिका साथै अन्य पाँच विरूद्ध पनि उजुरी हालेकी छिन् ।
प्रहरीले दिएको जानकारी अनुसार ती सबै फरार रहेका छन् र उनीहरूको खोजी जारी रहेको छ ।
बाबुद्धारा हत्या गरिएकी किशोरी अहिले उच्च शिक्षा हासिल गरिरहेकी थिइन् । उनी आफ्नो पढाई पुरा गरेर मात्र विवाह गर्न चाहन्थिन्, उनले सोही कुरा आफ्नो बाबुसँग पटक-पटक राख्दै आएकी थिइन् भने बाबुले भने विवाह नै गर्नुपर्ने अडान राख्दै आएकी थिइन् । यही झोकमा ती बाबुले आफ्नै छोरीको हत्या गर्न पुगे ।
गुडा गाऊँमा काकाको घरमा बसेर आफ्नो पढाई गरिरहेकी उनी गर्मी बिदामा घर आएकी थिइन् । यही क्रममा उनका बाबुले विवाहका लागि जोड दिएका थिए । तर उनले मानेकी थिइनन्


How about this Article

No comments:

Leave a Reply