Breaking News

किष्ट बैकका सिईओ ज्ञवालीकी पत्नी पक्राउ

Kamal-gyawali२३ जेठ, काठमाडौ । किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल ज्ञवालीकी पत्नी गौरी खनाल (ज्ञवाली) लाई प्रहरीले बैकिङ ठगीको आरोपमा पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार साँझ महाराजगञ्जबाट पक्राऊ गरेको हो ।
सिद्धार्थ विकास बैंकबाट अनुचित तरिकाले ऋण लिई बैंकलाई १३ करोड नोक्सान गराएको राष्ट्र बैंकको अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको छ ।
सिद्धार्थ बैंकमा रहेको किष्टका सिइओ कमलको सेयरलाई प्रभावमा पारी कमसल मूल्यको जग्गा देखाएर गौरीका नाममा १३ करोड ऋण निकालेर नियतबस बैकिंङ ठगी गरेको राष्ट्र बैंकको निश्कर्ष छ । यस मुद्धामा कमल समेतको संलग्नता
रहेको आशंका प्रहरीको छ ।

How about this Article

No comments:

Leave a Reply