Breaking News

मधेसी जनताले एमाओवादीलाई पाखा लगाउँछन्

madhav kumar nepal२३ जेठ, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसका जनताले एमाओवादीलाई पाखा लाउने बताएका छन् । 
रौतहटको सदरमुकाम गौरमा नेकपा एमाले एक नम्बर क्षेत्रले आयोजना गरेको संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले एमाओवादी र मधेसवादी दलको जालझेलपूर्ण प्रवृतिले सरकारले निर्वाचनको मिति तोक्न नसकेको बताएका छन् ।
एकीकृत माओवादी र मधेसवादी दलका कारण निर्वाचन आयोगको काम ठप्प भएको उनको भनाई छ । देशमा एमाओवादी र मधेसवादी दलका कारण देशमा जरजरताको अवस्था आएको र त्यस्ता दललाई अब आउन लागेको संविधानसभाको चुनावमा पाखा लगाउन मधेसका जनता जागरूक हुनु पर्नेमा मधेषी जनतालाइ सचेत गराएका थिए ।
अब हुने संविधानसभाको चुनावमा एमालेलाई पूर्ण बहुमतले जिताए देशको समस्या समाधान हुने दाबी पनि गरेका छन् । अन्तरिम चुनावी सरकारले ल्याएको चुनावसम्बन्धी सम्पूर्ण कुरा एमालेलाई ठीक लागेको, तर एमाओवादी र मधेसवादी दललाई ठीक नलागेकोले गर्दा चुनावी सरकारले केही गर्न नसकेको आरोप लगाए ।
मधेसवादी दलले मधेसीको नाम बेचेर निजी स्वार्थ सिद्ध गर्नमा लागिपरेको बताउदै नेता नेपालले ती दलसँग मधेसी जनतालाई सचेत हुन आग्रह गरे । आफूले रौतहट निर्वाचन क्षेत्र नम्बर एकबाट चुनाव लड्ने मनस्थिति बनाएको समेत दोहोर्याए ।


How about this Article

No comments:

Leave a Reply