Breaking News

डेढ महिना खोज्दा पनि फेला पारेन ज्ञानेन्द्रका ज्वाँईलाई प्रहरीले

rajbahadur singh२३ जेठ, काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहाका छोरीज्वाइँ राजबहादुर सिंहलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । क्यासिनोमा गैरकानुनी रूपमा नेपालीलाई जुवा खेलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ पूर्जी जारी हो ।

प्रहरीले पक्राउ पुर्जी जारि गरेका सिंह भने फरार छन् । सिंहलाई परार प्रतिवादी बनाई प्रहरीले जिल्ला अदालत काठमाडौमा मुद्दा दायर गरेको छ । प्रहरीले राजबहादुरलाई डेढ महिनासम्म खोज्दा पनि फेला पार्न सकेको छैन ।
सिंहले दरबारमार्गस्थित याक एन्ड यती होटल परिसरमा रोयल क्यासिनो सञ्चालन गर्दै आएका छन् । क्यासिनोमा जुवा खेलिरहेका नेपालीलाई प्रहरीले बारम्बार पक्राउ गरेपछी नेपालीलाई पनि जुवा खेलाएको आरोपमा सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ पुर्जी काटेको हो । क्यासिनोमा विदेशीलाई मात्र जुवा खेल्ने अनुमति छ । सिंहलाई पक्राउ गर्न काठमाडौ परिसरले मातहतका अधिकारीलाई सर्कुलर पनि गरेको छ । तर उनलाई अझै पक्राउ गर्न सकेको छैन ।

How about this Article

No comments:

Leave a Reply