महेशसँग तमन्नाको रोमान्स
तमन्नाले यसचलचित्रमा महेशको अपोजिट भूमिकामा अभिनय गर्ने भएकी छन् । चलचित्रको छायांकन केही समयपछि सुरु हँुदै छ । महेश अचेल निर्देशक सुकुमारको चलचित्र ‘१ : नेनुकादिने’को सुटिङको छायांकनमा व्यस्त रहेका छन् । चलचित्र युनिट दुई महिना सुटिङका लागि युरोप जाँदै छन् ।
चलचित्र अगाडुलाई श्रीनु वैतलाले निर्देशन गर्ने भएका छन् । वैतलाले महेशलाई लिएर गर्न लागेको यो दोस्रो चलचित्र हो । यसअगाडि महेश र वैतलाले दुकुडु चलचित्रमा एक साथ काम गरेका थिए । चलचित्र १४ रिल्स इन्टरटेमेन्टको ब्यानरमा निमार्ण हुन लागेको हो । चलचित्रमा तमन्ना र महेशको अलवा अन्य कलाकारको अभिनय पनि रहनेछ । तर, ती कलाकारको छनोट हुन बाँकी रहेको एजेन्सीले जनाएको छ ।

No comments: