टपलेस हुँदैछिन् सेलेना (फोटोफिचर)
गायिका
तथा अभिनेत्री सेलेना गोमेज ‘टपलेस’ हुनलाई सामान्य रूपमा लिन्छिन् । उनी
भन्छिन्, ‘आफू सुन्दर देखिनुपर्यो, टपलेस हुन कुनै ठूलो कुरो होइन ।’
त्यतिकै पनि सुन्दर यी अभिनेत्री एवं गायिकाले बेलायतबाट सञ्चालित एक
वेबसाइटसँग भनिन्, ‘फिल्ममा आफ्नो कस्तो छ, त्यहीअनुसार अभिनय गर्न तयार
छु, चाहे टपलेस नै किन नहोस् । आखिर टपलेस हुँदैमा केही बित्दैन ।’
२० वर्षीया सेलेनाले फरक भूमिका गर्न चाहेको पनि बताइन् । उनले भनिन्,
‘अलि फरक भूमिका गर्ने इच्छा छ । जसमा नयाँ प्रयोग गर्न सकँु ।’ स्रोतका
अनुसार पछिल्लो समय सेलेनाले गम्भीर भूमिकातिर ध्यान दिन थालेकी छन् । यसको
मतलव उनी ‘गम्भीर अभिनेत्री’का रूपमा चिनिन चाहन्छिन् । सेलेनाले भनेकी
छन्, ‘अब नयाँ छवि बनाउन चाहन्छु ।’ त्यसैले पनि उनले टपलेस हुन तयार रहेको
बताइन्छ ।
अर्को कुरा गायक जस्टिन बिबरसँग सम्बन्ध चिसिएका कारण पनि उनी गम्भीर छिन् । रोमान्सकै कारण चर्चामा आएकी सेलेनाले यस सन्दर्भमा भनिन्, ‘जीवन बुझ्ने बेला भर्खरै आउँदै छ । अब गम्भीर नै भएर सोच्नेछु ।’ त्यसो त सेलेना जति अभिनेत्रीका रूपमा चिनिन्छन्, त्यति नै गायिकाका रूपमा पनि । तर, उनले सांगीतिक करिअर थोरै ब्रेक गर्न चाहेकी छन् । केही समय अब सेलेना फिल्ममै ब्यस्त रहनेछिन् ।

No comments: