तालिवानको सम्पर्क कार्यालयको तनाव
कतार, ७ असार । अफागानिस्तानमा भूमिगत रुपमा संघर्षरत तालिवानले कतारमा
स्थापना गरेको सम्पर्क कार्यालयलाई लिएर पुन विवाद उत्पन्न भएको छ ।
अफगानिस्तानबाट नेटो सेना फिर्ता गरिएपछि अमेरिकाले तालिवानसंग वार्ताको प्रस्ताव समेत गरेको छ । तालिवान विद्रोही र अमेरिकाबीच आगामी महिना कतारको राजधानी दोहामा वार्ताको तयारी भैरहेका बेला त्यहाँस्थित सम्पर्क कार्यालय विवादमा मुछिएको हो ।
सम्पर्क कार्यालयलाई आधिकारिकताका लागि कतार सरकारसंग अनुमतिको प्रक्रिया सुरु भएसंगै विवाद सुरु भएको अधिकारीहरुले बताएका छन् ।
यता अफगानिस्तान सरकारले भने तालिवानलाई कतारमा सम्पर्क कार्यालय स्थापना गर्न दिँदा कुटनीतिक संकट पैदा हुने आशंका व्यक्त गरेको छ । अफगान सरकारको यस्तो धारणा सार्वजनिक भए लगत्तै कतारस्थित तालिवान विद्रोहीको सम्पर्क कार्यालयको झण्डा परिवर्तन गरिएको न्युयोर्क टाइम्सले जनाएको छ ।

No comments: