सभाषद् हत्यामा आफ्नै छोरी संलग्न
अनुसन्धानका क्रममा हत्याको आरोपमा प्रहरीले पक्राउ गरेका अब्दुल रहुफले हत्यामा सदरूलकै छोरी र आमाको संलग्नता भएको बयान दिएपछी हत्या पारिवारिक कारणले भएको खुलासा भएको हो । हत्यामा तीन जना संलग्न भएको समेत प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । प्रहरीले दिएको जानकारी अनुसार सिराहाको लहान नगरपालिकामा स्थायी बसोबास भएका जमिरूल शेखसहित सिराहाकै चतरीका चाँद भन्ने अब्दुल रहुफ र अनरूलले सदरूलाई छुरा प्रहार गरी हत्या गरेका थिए । हत्याकै दिन यी तीनजना सदरूलको बासस्थान सप्तरीको कल्याणपुर आएका थिए । उनीहरू मोटरसाइकलमा आएका थिए र सदरूलको घाँटी रेटेर हत्या गरेका थिए ।
प्रहरीको अनुसन्धानमा सदरूलकी पत्नी नुरजहाँ र छोरी रवेदाले शेखसँग निरन्तर सम्पर्क र भेटघाट गरेको पत्ता लागेपछी उनीहरू हत्यामा संलग्न भएको पत्ता लागेको हो । प्रहरीले रहुफलाई पक्राउ गरेपनि अन्य दुईलाई भने पक्राऊ गर्न सकेको छैन् ।

No comments: