उत्तराखण्डमा पुनर्निर्माण सुरु
ग्रामीण विकास मन्त्री जयराम रमेशले बाढी प्रभावित क्षेत्रको राहतका लागि उक्त प्याकेजको हिजो घोषणा गरेका हुन् ।
यसका साथै ग्रामीण विकास मन्त्रालय अन्तर्गतको इन्दिरा आवास योजनाले बाढी पहिरोले भत्किएका घरहरुको पुनर्निर्माणका लागि पहल सुरु गरेको छ । बाढीले क्षतिग्रस्त भएका ६ ८२ वटा सडक र २७ वटा पुलको निर्माण कार्य तत्काल सुरु गर्ने ग्रामीण विकास मन्त्री रमेशले बताएका छन् । ती संरचनाहरुको पुनर्निर्माण आगामी १८ महिनाभित्र सकिने उनले बताएका छन् ।
इन्दिरा आवास योजनाले यो बर्षभित्र करिब १४ हजार घर पुनर्निर्माण गरिदिने तयारी गरेको छ ।
भारतमा हालैको बाढीले उत्तराखण्डमा ठुलो क्षति पु-याएको छ । धेरै भौतिक संरचनाहरु तहसनहस भएपछि केन्द्रीय सरकारले बिभिन्न निकायसंग मिलेर पुनर्निमाणको कार्य तत्काल सुरु गर्ने तयारी गरेको हो ।
हालसम्म बाढीका कारण ज्यान गुमाएका करिब २ सय मानिसको शव भेटिएको छ भने हजारौं मानिसहरु मरेको आशंका गरिएको छ ।

No comments: