Breaking News

खिलराजले प्रचण्डलाई भाउदिए, खनाललाई वाल दिएनन्

prachanda-and-khilraj२४ जेठ, काठमाडौ । अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसंग निर्वाचन कानून र निर्वाचन तिथिवारे परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा विकसित राजनीतिक घटनाक्रमको समिक्षा र निर्वाचन कानूनमा सहमति गर्नेबारे कुरा भएको थियो ।
उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बस्नुपूर्व रेग्मीले प्रचण्डसँग परामर्श गरेका हुन् । राजनीतिक संयन्त्रको संयोजक हैसियतमा झलनाथ खनालसँग कुरा गर्नुपर्नेमा रेग्मीले निर्णय क्षमता भएको भन्दै प्रचण्डसँग कुरा गरेका हुन् ।
अध्यक्ष प्रचण्डले निर्वाचन कानूनमा रहेको विवादबारे संयन्त्रको आज बस्ने बैठकमा सहमति हुने बताएका छन् । निर्वाचन कानूनमा सहमति कायम गर्न रेग्मीले आजसम्मको अल्टिमेटम दिएका थिए । सहमतिको प्रयास स्वरूप संयन्त्रको बैठक बिहान ११ बजे बस्दैछ ।
दलहरुबीच थ्रेसहोल्ड, उम्मेदवारको सम्पत्ति विवरण र फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार बनाउने बिषयमा विवाद छ । संयन्त्रमा सहमतिको संभावना कम देखिएका कारण सरकारले आफ्नै ढंगले कानून पारित गर्ने तयारी गरेको छ ।
दलहरूले कानूनमा सहमति गरे मन्त्रीपरिषदको बैठक बसेर आजै राष्ट्रपतिकोमा पठाइने बालुवाटार स्रोतले बतायो ।


How about this Article

No comments:

Leave a Reply