कमल थापालाई सघाउन पूर्वराजा तराईतिर
सिमरामा ज्ञानेन्द्रको स्वागतका लागि सबै तयारी पुरा भइसकेको र पूर्वराजा बस्ने सिमरास्थित प्रभूनिवासको सरसफाई, स्वागतद्धार, सुरक्षा प्रबन्ध लगायतको तयारी पुरा भइसकेको छ । अघिल्लो पटक माघ २५ गते शुक्रबार नै सिमरा आएका ज्ञानेन्द्र आज शुक्रबार नै पारेर सिमरा जान लागेका हुन् ।
तराईका जिल्लामा आफ्ना समर्थकसँग भेटघाट गर्ने उदेश्य बोकेर तराई र्झन लागेका पूर्वराजा ज्ञानेन्द्रले सोमबारबाट मात्र भ्रमण सुरू गर्ने बताइएको छ । उनले यसपटकको भेटगाटमा भाषण समेत गर्ने सम्भावना रहेको उनी निकट स्रोतले जनाएको छ । यद्यपी यसको पुष्टी भने भएको छैन् ।
पुर्व राजाको सुरक्षाका लागि स्थानिय प्रशासन चनाखो रहेको बाराका प्रहरी अधिकारीहरुले बताएका छन् । पुर्वराजाका लागि सरकारले उपलब्ध गराएको शसस्त्र प्रहरीको सुरक्षा दस्ता बिहीबारनै सिमरा पुगिसकेको छ । पूर्वराजाको सुरक्षा उनका एडिसी शसस्त्र प्रहरी नायव उपरिक्षक उद्धब रावल सहितको टोलीले गर्नेछ ।
पूर्वी तराई भ्रमणका क्रममा पूर्व राजा ज्ञानेन्द्रले पर्सा, बारा, मकवानपुर, रौतहट, सर्लाही, धनुषा, महोतरी, सिराहा, सप्तरीलगायतका जिल्लाहरूको भ्रमण गर्ने बताइएको छ ।
उनले भ्रमणलाई निर्वाचनमा केन्द्रित गर्ने बताइएको छ । उनले आफ्ना समर्थकसँगको भेटघाटमा निर्वाचनका विषयमा समेत छलफल गर्ने बताइएको छ । उनले कमल थापाको राप्रपा नेपालका लागि आफ्ना समर्थकसँग समर्थन माग्ने समेत स्रोतको दावी छ ।

No comments: