अमेरिकी राजदुतले चित्त दुखाउँदै प्रचण्डसँग गरे गुनासो
अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भेटेर राजदूत बोडेले अमेरिका सदैव नेपालमा शान्ति, स्थिरता र विकास चाहेको बताउँदै आफ्नो देशले नेपालमा संविधानसभाको निर्वाचन नचाहेको भन्ने भनाई गलत भएको बताउँदै उक्त आरोप गलत भएको स्पष्ट पारेका छन् । केही दिनअघि एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले पश्चिमा शक्तिले निर्वाचन नचाहेको भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै यसले आफूलाई दु:खी बनाएको बताएका छन् ।
उपाध्यक्ष बाबुरामले बारम्बार पश्चिमा मुलुकले नेपालमा समविधानसभा निर्वाचन नचाहेका कारण मंसीरमा हुने भनिएको निर्वाचन समेत हुन नसक्ने अवस्था देखिएको बताएका थिए । उनको यही भनाईलाई राजदुत बोडेले मुख्य रूपमा प्रचण्डसँग कुरा गरेको लाजिम्पाट स्रोतले जनाएको छ ।
आफुहरुलाई निर्वाचन भाड्ने मुलुकका रूपमा जनतामाझ भ्रम नछरिदिन समेत बोडेले प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो । उनले आफूहरू निर्वाचनका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताए । उनले सकेसम्म चाँडो विवाद सुल्झाएर निर्वाचनमा जान समेत प्रचण्डलाई सल्लाह दिएका थिए ।

No comments: