वेष्ट इन्डिजको गतिलो सुरूवात, पाकिस्तान स्तब्ध
वेष्ट इन्डिजका क्रिस गेलले सर्वाधिक ३९ रन, मार्लोन स्यामुअल्स र किरण पोलार्डले समान ३० रन जोडेपछी वेष्ट इन्डिजको जीत सहज बनेको हो । पाकिस्तानको तर्फबाट मोहम्मद इरफानले ३ विकेट लिएका थिए भने सईद अजमल र वेहाव रियाजले समान २-२ विकेट र मोहम्मद हफिजले १ विकेट हात पारेका थिए ।
यसअघि, टस हारेर ब्याटिङ गरेको पाकिस्तानले कप्तान मिसवाह उल हकको ९६ रनको शानदार इनिङको मद्धतले १ सय ७० रन जोड्न सफल भएको थियो । उसका लागि नासिर जमसेदले ५० रन जोडेका थिए भने अन्य कुनै पनि ब्याट्स्म्यानले दोहोरो अंक जोड्न सकेनन् र ४८ ओभरमा नै सबै विकेट गुमाएको थियो । वेष्ट इन्डिजका लागि केमार रोच र सुनिल नारायणले समान ३-३ विकेट लिएका थिए भने रवी रामपल र ड्वेन ब्राभोले समान १-१ विकेट हात पारेका थीए ।
खेलको म्यान अफ द म्याच केमार रोच घोषित भएका ।
आजको खेल अष्ट्रेलिया र घरेलु टोली इङ्ल्याण्डबीच हुदैछ । खेल नेपाली समय अनुसार इङ्ल्याण्डको बर्मिनघममा अपरान्ह साँढे ३ बजेपछि सुरू हुनेछ । दुवै टिम प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा रहनेछन् । अष्ट्रेलिया माईकल क्लार्कको कप्तानीमा मैदानमा उत्रने तयारीमा छ भने इङ्ल्याण्ड इलिस्टर कुकको नेतृत्वमा खेल्ने छ ।

No comments: