Breaking News

रोनाल्डोले गोल गरेपछि पोर्चुगलले जित्यो

cristiano ronaldo२८ जेठ,जेनेभा। सोमवार खेलिएको खेलमा पोर्चुगलले क्रोयशियामाथी १-० जित हासिल गरेको छ ।
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गरेको गोल निर्णायक सावित भएपछि पोर्चुगललाई जित हासिल भएको हो।
रोनाल्डोले खेलमा ३६ औं मिनेटमा गोल गरेका थिए। उनले बायाँ खुट्टाले हानेको बल पोस्टको दायाँ कर्नरबाट छिरेको थियो।
२८ वर्षिय रोनाल्डको यो ३९ औं गोल थियो।
सोमवारको खेल क्रोयसियका क्षमतावान खेलाडी १६ वर्षिय एलन हेलिलोभीको डेब्यु खेलको रुपमा पनि चर्चित रहेनेछ।

खेलमा स्विटजरल्याण्डको जेनेभामा खेलिएको थियो। सोमवार पोर्चुगलमा सार्वजनिक विदा परेका कारण धेरै पोर्चगिज बस्ने जेनेभामा खेल गराइएको थियो।


How about this Article

No comments:

Leave a Reply