Breaking News

नेपाली रूपैयाँ अहिलसम्मकै कमजोर

dollor us२८ जेठ, काठमाडौ । नेपाली बजारमा अमेरिकी डलरको भाऊ उच्च मूल्यमा पुगेको छ । राष्ट्र बैकले आजका लागि एक डलरको भाऊ ९२ रूपैयाँ ९३ पैसा तोकेको छ ।
निरन्तर बढ्दै गरेको अमेरिकी डलरको भाऊ सोमबारको तुलनामा १ रूपैयाँ ३४ पैसाले बढेको हो । भारतीय रूपैयाँसँग स्थिर रहेको र सोही अनुसार अमेरिकी डलर परिवर्तन हुने हुँदा भारतीय रूपैयाँ कमजोर हुँदा नेपाली रूपैयाँ समेत कमजोर हुने गरेको छ ।
अहिले भारतमा अमेरिकी रूपैयाँको भाउ उच्च बन्दै गएका कारण नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । नेपाली बजारमा अमेरिकी डलरको भाऊ यसरी बढ्दा सकारात्मक र नकारात्मक दुवै खाले परिवर्तनहरू देखिन्छन । केही हप्तादेखी नेपाली रूपैँया लगातार कमजोर बन्दै गएका कारण नेपाली बजारमा यसको असर छिट्टै देखीने बताइएको छ ।

How about this Article

No comments:

Leave a Reply