रिताको सामुहिक बलात्कार
गएराति घरमा सुतिरहेको बेला छिमेककी एक महिलाले उनलाई उठाएर आफ्नो घर लगेकी थिइन् । ती महिलाको घर पुगेपछी उनलाई तीन युवाले नशालु पदार्थ खुवाएर सामुहिक बलात्कार गरेका थिए ।
नशाले छाडेपछी बलात्कृत रिता घर फर्केकी थिइन् । उनले आफूलाई बलात्कार गरिएको कुरा घरमा बताएकी थिइन् । घरका परिवारले आफ्नी छोरी बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार बलात्कार गर्ने ३ जना युवकको खोजतालस भईरहेको जनाइएको छ ।

No comments: