Breaking News

"एमाले र तमलोपा कार्यकर्ताबीच झडप, ३ जना घाईते

२८ जेठ, सर्लाही । सर्लाहीको गौरीशंकरमा जग्गाको विषयमा एमाले र तराई मधेष लोकतान्त्रिक पार्टी कार्यकर्ताबीच विवाद हुँदा ३ जना घाईते भएका छन् ।
जग्गा विवादले उग्र रूप लिएपछि भएको एमाले र तमलोपाका कार्यकर्ताबीचको झडपमा गौरिशंकर-७ का जयसी राय यादव, सञ्जय राय यादव र अर्का एक जना घाईते भएका हुन् । उनीहरूको स्थानीयस्तरमै उपचार भैरहेको छ ।
गौरिशंकर ९ श्रीनगरमा एमाले जिल्ला सल्लाहकार समिति सदस्य सरश नारायण महतोले भोग चलन गरिरहेको विवादित जग्गाको विषयमा विवाद हुँदा झडप भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । हाट बजार बस्ने सार्वजनिक जग्गा एमाले नेता महतोले कब्जा गरेको तमलोपाको दावी छ ।
जिल्ला अदालतले सरकारी जग्गा भएको निर्णय गरेपछि महतोले पुनरावदेन गरेको बताइएको छ । राजनैतिक पूर्वाग्रहले गर्दा आफ्नो नर्सरीमा रहेको आँप, लिची लगायत फलफुलका विरूवा फडानी भएको महतोले बताए । महतोले १० हजार मुल्य बराबरको क्षति भएको दावी गरेका छन् । साँढे ९ सय विगाहा सार्वजनिक जग्गा स्थानीयले उपभोग गरेको अनुमान गरिएको छ ।

How about this Article

No comments:

Leave a Reply