Breaking News

प्रवेशिका परिक्षामा ३ लाख ३४ हजार फेल

२८ जेठ, काठमाडौ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परिक्षाको परिक्षाफल आज सार्वजनिक गरेको छ । सानोठिमीले दिएको जानकारी अनुसार २०६९ को एसएलसीमा ४१ दशमलब ५७ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् भने ५८ दशमलब ४३ प्रतिशत विद्यार्थी अनुतिर्ण भएका छन् ।
प्रवेशिका परीक्षामा कुल पाँच लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । परिक्षामा १ लाख ७६ हजार २ सय ५३ परिक्षार्थी उत्तिर्ण भएका छन् भने ३ लाख ३४ हजार ९ सय १२ प्रतिशत विद्यार्थी अनुतिर्ण भएका छन् ।
उत्तिर्ण हुनेमा नियमित तर्फबाट १ लाख ६७ हजार ९३५ र आंशिक तर्फबाट ८ हजार ३१८ परिक्षार्थी रहेका छन् । नियमित तर्फबाट परिक्षा दिएका परिक्षार्थीहरूबाट १६ हजार ९ सय २४ परिक्षार्थी विशीष्ठ श्रेणीमा उत्तीर्ण भएका छन् । यस्तै, ७६ हजार १ सय ६५ प्रथम श्रेणीमा, ६९ हजार ८ सय ३० द्धितीय श्रेणीमा र ५ हजार १६ जना तृतीय श्रेणीमा पास भएका छन् ।
यस्तै, आशिंकतर्फ १ सय १७ परिक्षार्थी प्रथम श्रेणीमा, ५ हजार ८ सय ४८ द्धितीय श्रेणीमा र २ हजार ३ सय ५३ परिक्षार्थी तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
यस वर्ष अघील्लो वर्षभन्दा ५ दशमलब ५१ प्रतिशत कम परिक्षार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४७ दशमलब १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।


How about this Article

No comments:

Leave a Reply