Breaking News

मुलुक अँध्यारो सुरुङमा प्रवेशतर्फ

suvash nemang२८ जेठ, काठमाडौ । संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले संविधानले कल्पना नगरेको कुरामा दलहरू अघि बढेकाले मुलुक अहिले अँध्यारो सुरुङमा प्रवेश गरेको बताएका छन् ।
विघटित संविधानसभाका निवर्तमान दलित सभासद्हरूद्वारा आज यहाँ आयोजित 'नयाँ संविधानमा दलितका मुद्दा र चुनौती' विषयक अन्तरक्रियामा उनले अहिले मुलुकमा निर्वाचनको माहौल बनिनसकेको र यही अवस्थामा चुनावमा जाँदा विगतको जस्तो दुर्घटना हुनसक्ने सम्भावना रहिरहने उल्लेख गरे ।
नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरेले प्रधान्यायाधीशलाई सरकार प्रमुखको भूमिका प्रदान गरिनु लोकतन्त्रका लागि नै दुर्भाग्य भएको टिप्पणी गरे ।
एनेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले ठूलो बलिदानद्वारा प्राप्त लोकतन्त्रलाई संस्थागत गर्न अब निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।
नेकपा एमालेका नेता भीम आचार्यले सबै राजनीतिक दलले दलित समुदायका मुद्दालाई उच्च प्राथमिकता दिनुपर्ने खाँचो औल्याए ।
पूर्वसभासद् तिलक परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा निवर्तमान सभासद्हरू लक्ष्मी परियार, शान्तिदेवी चमार, कल्पना राणालगायतका वक्ताहरूले दलित र महिलाहरूको हकहितका लागि राजनीतिक दलहरूले ध्यान दिनुपर्ने विषय तथा अगाडि बढाउनुपर्ने मुद्दाबारे आ-आफ्नो धारणा राखेका थिए ।
समारोहमा दलित हकहितका पक्षमा क्रियाशील रहादै आएका यमबहादुर किसानले नयाँ संविधानमा समेट्नुपर्ने दलितसम्बन्धी प्रावधानहरूका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस




How about this Article

No comments:

Leave a Reply