Breaking News

खनालले रेग्मीसँग बिन्ति बिसाए

jhalanath khanal२८ जेठ, काठमाडौ । निर्वाचन कानूनमा रहेका विबाद समाधानको बिषयलाई लिएर अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले उच्चस्तरीय राजनीतिक समितीका अध्यक्ष झलनाथ खनालसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष समेत रहेका खनालले निर्वाचन कानुनमा सहमति कायम गरेर निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका हुन् ।
लामो समयको छलफल पछिपनि निर्वाचनका कानूनमा सहमति जुटन नसकेपछि उच्चस्तरिय संयन्त्रको बैठकले विवाद मिलाउने जिम्मा सरकारलाई लगाएको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ न्युनतम सिमा (थ्रेसहोल्ड) राख्ने/नराख्ने बिषयमा दलहरूबीच सहमति जुट्न सकेको थिएन । उम्मेदवारको सम्पत्ति विवरण सार्वजानिक गर्नुपर्ने तथा फौजदारी अभियोग लागेका व्यक्ति चुनावमा उठन पाउने नपाउने बिषयमा विवाद छ ।
अध्यक्ष रेग्मीले सबै दलको भावना बुझेर अविलम्ब निर्वाचन कानूनमा सहमति कायम गर्ने बताएका थिए । सरकारले यसै महिनाको अन्त्य सम्ममा निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ ।

How about this Article

No comments:

Leave a Reply