Breaking News

एसएलसी फेल हुनुमा बाबुराम दोषी ?

baburam bhattrai२९ जेठ, काठमाडौ । सँगसँगै जनयुद्ध लडेका विद्यार्थी नेताले एसएलसीको नजिता खस्किनुमा डा. बाबुराम भट्टराइको दोष रहेको आरोप लगाएका छन् । कुनैबेलाका बोर्ड फष्ट बाबुराम प्रधानमन्त्री रहेको र माओवादी स्थायी समिति सदस्य शिक्षामन्त्री रहेको समयमा गराएको परिक्षामा ६० प्रतिशत विद्यार्थी फेल हुनु नयाँ रेकडए भएको उनको आरोप छ ।
डा. भट्टराईलाई यस्तो संघीय आरोप लगाउने नेता अरू कोही नभएर अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने हुन् । उनले सार्वजानिक संजालहरुमार्फत बाबुराम र दीनानाथप्रति कठोर व्यङ्ग गरेका छन् । एसएसली परिक्षा तयारीको समयमा भट्टराईको सरकार थियो ।
लेखनाथले अहिलेको शिक्षा नै जनवादी शिक्षा भनेर दीनानाथले माक्र्सवादप्रति छुरा चलाएको समेत आरोप लगाएका छन् । गैर आवासीय नेपाली संघ एनआरएनका पूर्व महासचिव जुगल भुर्तेलले भने अन्तरिम मनत्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीप्रति कडा व्यङ्ग गरेका छन् ।
उनले लेखेका छन, डबल सम्माननीय ज्यू, ६० प्रतिशत विद्यार्थी फेल गराएकोमा बधाइ छ । एसएसलीमा कम नजिता प्रकाशित भएको बिषयलाई लिएर शिक्षाविदहरूले चिन्ता जनाएका छन् ।

How about this Article

No comments:

Leave a Reply