Breaking News

बलात्कार गर्नेलाई एक लाख लिएर छोडियो

२९ जेठ, अछाम । जबरजस्ती करणी उद्योग अन्र्तगत थुनामा रहेका एक जनालाई जिल्ला अदालत अछामले धरौटी लिएर छोडेको छ । करिब २ महिना अघि आफुमाथि जबरजस्ती गरेको आरोप लगाउदै मंगलसेनकी एक किसोरीले मुद्धा दर्ता गरेपछि पक्राउ परेका डोटी कानाचौरका गजेन्द्र बुढालाई अदालतले एक लाख धरौटीमा छोडेको हो ।
जिल्ला न्यायाधिस प्रकाश खरेलको एकल ईजलासले प्रतिबादी र बादी तर्फका साक्षी लाई उपस्थीत गराउने आदेश सहित नाबालिकका भनिएकी किशोरीको उमेर र घटनाका थप प्रमाण पेश गर्न पनि आदेश दिएको छ ।
मंगलवार जिल्ला अदालत अछाममा प्रतिबादी बुढाको तर्फ बाट अधिबक्ता खडक बहादुर खड्का र गणेश ढुंगाना तथा बादीका तर्फ बाट सरकारी वकिल धर्मराज जोसी र अधिबक्ता कृष्णप्रसाद ढुंगानाले बहस गरेका थिए ।

किसोरीले बुढाले आफूमाथि जबरजस्ती गरेको आरोप लगाउदै करिब २ महिना अघि मुद्धा दर्ता गराएकी थिइन । यो मुद्धामा यस भन्दा अगाबै बहस भई प्रक्रिया सुरु गरिनुपर्ने भए पनि जिल्ला अदालतमा न्यायाधिस नहुदा ढिला गरि बहस भएको स्रोतले जनाएको छ ।

How about this Article

No comments:

Leave a Reply