Breaking News

चीनले अन्तरिक्षमा पठायो मानसहितको अन्तरिक्ष यान

Chinese-Astronaunts२८ जेठ, बेइजिङ । चीनले मङ्गलबार सेनझाउ-१० प्रक्षेपण गरी मानवसहितको आफ्नो हालसम्मको सबैभन्दा लामो अन्तरिक्ष यात्रा आरम्भ गरेको टेलिभिजन केन्द्रहरूले देखाएका छन् । यसले चीनको शक्तिवृद्धिको कार्यक्रम तथा महत्वाकाँक्षी अन्वेषणको सङ्केत दिएको छ ।
आज जीएमटी ०९३८ मा उक्त रकेट गोबी मरूभूमिमा रहेको जियुक्वान अन्तरिक्ष केन्द्रमाथि आगाको लामो लप्कोसहित उडेको देखिएको थियो ।
यस विमानमा तीन अन्तरिक्षयात्री रहेका छन् र तीमध्ये ३३ वर्षीया वाङ यापिङ पनि परेकी छन् । उनी चिनियाँ दोस्रो महिला अन्तरिक्षयात्री हुन् ।
प्रक्षेपणको केही समयपछि रकेटबाट बुस्टर हटाइएको थियो भने सेन्झाउ-१० को सौर्य प्रणाली उपयोगमा ल्याइएको थियो । यसबाट अभियान नियन्त्रण केन्द्रमा खुसी देखिएको थियो । मानवसहित अन्तरिक्ष कार्यक्रमका प्रमुख झाङ युसियाले विमान पृथ्वीको कक्षमा पुगिसकेको बताए ।
अन्तरिक्षयात्रीहरूले पृथ्वीको कक्षमा १५ दिन बिताउनेछन् । अमेरिकी राष्ट्रपति बाराक ओबामासँग शिखर वार्तापछि स्वदेश र्फकेका राष्ट्रपति सी जिनपिङ पनि अन्तरिक्षयान प्रक्षेपण हेर्दै थिए ।
राष्ट्रपति सीले यी तीन अन्तरिक्ष यात्रीलाई कम्युनिस्ट पार्टी, सरकार, सेना, सबै जनजाति, जनता तथा मुलुक समग्रको तर्फबाट आफू उनीहरू अन्तरिक्षतर्फ गएको हेर्न आएको बताए ।
यस अवधिमा अन्तरिक्षयात्री वाङले भिडियो सम्पर्कमार्फत स्कुले बालबालिकालाई पढाउनेछिन् ।
वाङ मालवाहक विमानचालकको रूपमा तालिमप्राप्त व्यक्ति हुन् र उनले एक हजार ६०० घण्टा विमान चलाएकी छन् । उनले सन् २००८ मा बेइजिङ ओलम्पिकको उद्घाटनमा बादल हटाउने अभियानमा काम गरेकी थिइन् । रासस/एएफपी





How about this Article

No comments:

Leave a Reply