Breaking News

‘पोइल’गएका रावल आज कांग्रेसमा फर्किदै

२९ जेठ,काठमाडौ। संविधानसभा निर्वाचनको पुर्वसन्ध्यामा मधेशी जनअधिकार फोरम प्रवेश गरेका नेपाली कांग्रेस नेता डा तिलक रावल आज कांग्रेसमै फर्कीने भएका छन । आगामी निर्वाचनमा कांग्रेसले टिकट दिने भएपछि रावल ‘घर’ फर्कीन लागेका हुन ।
कांग्रेस सरकारको पालामा राष्ट बैकको गर्भनर भएका रावल विजयकुमार गच्छेदारको प्रलोभनका कारण फोरम गएका थिए । फोरम फुटेपछि गच्छेदारको पुच्छर समाएका रावलको मन्त्री बन्न नपाएपछि गच्छेदारसंग बोलचालपनि हराएको थियो ।
सभापति सुशील कोइरालाले गठन गरेको विभागको सदस्य राखिएपछि रावल कार्गेस फर्कीने अनुमान गरिएको थियो । आगामी निर्वाचनमा प्रतक्ष तर्फको उमेदवार उठाउने आश्वासनपछि रावल कांग्रेस फर्कीन लागेका हुन ।
कांग्रेस प्रवक्ता दीलेन्द्र बडुले रावललाइ कांग्रेसमा फर्काएका हुन । पूर्व गर्भनर रावललाई प्लास्टिकका पोलिमर नोट छाप्दा आर्थिक अनियमिता गरेको आरोप छ ।

How about this Article

No comments:

Leave a Reply