ट्विटरमा ट्विट गर्दा ११ वर्ष जेल
३७ वर्षीय हुँदा अल आजमी नामकी ती महिलाले ट्विटरमा कुवेतका शासकविरूद्ध ट्विट गर्दै शासक परिवर्तन गर्नुपर्ने माग राखेपछी उनलाई उक्त सजाय सुनाइएको हो । अधिकारीहरूका अनुसार कुवेतमा शासक विरूद्ध ट्विट गरेको आरोपमा यति लामो समय जेल सजाय सुनाइएको यो पहिलोपटक हो ।
शिक्षिका समेत रहेकी हुँदालाई शासक शेख सबाह अल-अहमद अल-सबाहको अपमान गरेको आरोपमा १ वर्षको जेल सजाय सुनाइएको हो भने शासनको विरूद्ध आवाज उठाएको र सार्वजनिक चर्चाका लागि कानुनको उल्लघन गरेको आरोपमा ५-५ वर्ष जेल सजाय सुनाइएको हो ।
पछिल्ला केही महिना यता ट्विटर लगायत अन्य सामाजिक सञ्जालमा शासक शेखको विरुद्धमा आवाज उठाउने र अपमान गर्न थालेपछि यस्ता कार्यमा संलग्नलाई सजाय दिने श्रृंखला नै अगाडि बढाएको छ । कुवेतको संविधानले शासकको आलोचना गर्ने छुट नदिएको तर आलोचना गरेको कारण कयौ व्यक्तिलाई सजाय दिइएको बताइएको छ ।
गत मे मा पनि अदालतले विपक्षि नेता मुसल्लम अल बराकविरुद्ध पाँच वर्षको जेल सजाय सुनाइएको थियो तर पछी उक्त सजाय विरूद्ध उनले गरेको अपिललाई दसर गर्दै सजाय उल्टाइदिएको थियो ।
कुवेत अन्य खाँडि मुलुक भन्दा उदार मानिएपनि शिक्षिकालाई ११ वर्षको जेल सजाय दिइनु आश्चर्यजनक भएको टिप्पणि भइरहेका छन् ।

No comments: