च्याम्पियन्स ट्रफिमा भारत सेमिफाइनलमा पुग्यो
मंगलवार खेलिएको आफ्नो दोस्रो खेलमा भारतले वेष्टइन्डिजलाइ सहजै पराजित गरेको हो। टस जितेर पहिले बलिङ गरेको भारतले वेष्ट इन्डिजलाई २३३ रनमा रोकेको थियो।
भारतका लागी रविन्द्र जडेजाले सर्वाधिक पाँच विकेट लिएका थिए।
२३४ रनको लक्ष्य गर्न भारतलाई कुनै कठिनाइको सामान गर्नु परेन। भारतका ओपनर द्धय शेखर धवन र रोहित शर्मालाई शान्दार शुरुवात गरिदिएपछी खेल सम्पुर्णरुपमा भारतको पक्षमा आएको थियो।
भारतका लागी शेखर धवनले १०२ रन, रोहित शर्मा ५२ रन र दिनेश कार्तिकले ५१ रनको योगदान दिएका थिए।
भारतले ३९.१ ओभरमा लक्ष्य हासिल गर्दै ८ विकेटले जित हासिल गर्यो।
भारतको यो जित संगै पाकिस्तान भने च्याम्पियन्स ट्रफिबाट बाहिरिएको छ।

No comments: