Breaking News

सरकार गल्र्यो, त्रिशुली ३ ‘ए’को क्षमता बढाउने निर्णय स्थगन

२९ जेठ काठमाडौ, । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको आन्दोलन चकेपछि सरकारले माथिल्लो ‘त्रिशुली ३ ए’को क्षमता बढाउने विद्युत प्राधिकरणको विबादास्पद निर्णय स्थगन गर्ने भएको छ ।

क्षमता बृद्धिको निर्णयप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो प्रकट गर्ने संकेत पाएपछि सरकार सो निर्णयवाट पछि हटेको हो ।


निर्णय फीर्ताको बिषयमा छलफलगर्न विद्युत प्राधिकरण संचालक समितिको बैठक उर्जा मन्त्रालयमा बसिरहेको छ । संचालक समितिमा उर्जामन्त्री उमाकान्त झा अध्यक्ष छन ।


उर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाको अडानका कारण निर्णय फीर्ता गर्ने बिषयमा ढिलाइ भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारीले त्रिशुलीको निर्णय आजै फीर्ता हुने बताए ।


प्राधिकरणले अघिल्लो साता निर्माणाधीन ६० मेगावाटको त्रिशुली ३ एको क्षमता बढाइ ९० मेगावाट पराउने निर्णय गरको थियो । क्षमता बृद्धिको निर्णयमा झण्डै २ अर्ब रकम घोटाला भएको अनुमान गरिएको थियो ।



How about this Article

No comments:

Leave a Reply