Breaking News

जसरीपनि चुनाव जित्नेगरी तयारीमा लाग्न प्रचण्डको निर्देशन

२९ जेठ, काठमाडौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी मंसीरमा जुनसुकै हालतमा निर्वाचन हुने दावीगर्दै तयारीमा लाग्न कार्यकर्तालाइ निर्देशन दिएका छन ।
सरकारले केही दिनभित्र निर्वाचन मिति घोषणा गर्ने उल्लेखगर्दै प्रचण्डले चुनावी तयारीमा जुटन कार्यकर्तालाई आग्रह गरे ।
पाँचथरबाट झापा झर्ने क्रममा इलामको कन्याममा पार्टी कार्यकर्तालाई निर्देशन दिर्दै प्रचण्डले जसरी भएपनि चुनाव जित्नेगरी तयारीमा जुटन निर्देशन दिएका हुन ।
आगामी निर्वाचनमा दुइतिहाई मत ल्याउनु पर्ने बताउवदै प्रचण्डले गाउँ गाउँमा गएर चुनावी माहौल बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
लिम्बुबान मुक्ति मोर्चाको कार्यक्रममा भाग लिन प्रचण्ड हिजो पाँचथर पुगेका थिए ।


How about this Article

No comments:

Leave a Reply