बाबुरामले भने, 'मलाई स्थिर सरकार देऊ, बल्ल गरेर देखाउँछु
भट्टराईले आफूले सरकारमा रहँदा शिक्षाका लागि धेरै गरेको बताउँदै स्थिर सरकार दिएमात्र आफुले के काम गर्न सक्छु भनेर देखाउन सक्ने बताएका छन् । उनले भने, 'म सरकारमा रहँदा मैले केही गर्न सकिन भनेर नभन । पहिले मलाई स्थिर सरकार देऊ ।'
उनलाई सरकारमा रहँदा शिक्षाको क्षेत्रमा कुनै काम नगरेको र एसएलसीमा यति धेरै विद्यार्थी अनुतीर्ण हुनुमा सरकार अझ त्यसमा पनि नेतृत्व गर्ने बाबुराम जिम्मेबार भएको आरोप उनकै पार्टीका एक नेताले लगाएपछी उनले त्यसको बचाऊ गर्दै आफूलाई पहिले स्थिर सरकारको नेतृत्व ग्रने वातावरण तयार गरिदिन आग्रह गरेका हुन् ।
उनले आफूले स्थिर सरकारको नेतृत्व गर्न पाए शिक्षाको क्षेत्रमा आफूले आमुल परिवर्तन गर्न सक्ने बताएका छन् ।

No comments: