सुनचाँदी व्यवसायीहरू आन्दोलनमा, सुन किन्न पाइँदैन
३० जेठ, काठमाडौ । सुनचाँदी ब्यवसायीहरूले सुनचाँदी पसलमा हस्तक्षेप बढाएको भन्दै आन्दोलन सुरू गरेका छन् । वाणिज्य विभागले गलत नियत राखेर सुनचाँदी पसलमा हस्तक्षेप गरेको भन्दै उनीहरूले आन्दोलन सुरू गरेका हुन् ।
वाणीज्य विभागले बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरि सुनचाँदी व्यवसायीमाथि निगरानी गर्न थालेपछी बुधबारबाट व्यवसायीहरुले सुनको कारोबार ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरूले आज पनि पसल नखोल्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले निर्देश गरेअनुसार विभिन्न वाणिज्य बैंकबाट आयात हुने दैनिक २० किलो सुन सुनचाँदी व्यवसायी महासंघले उठाएको छैन भने सुनचाँदीको मूल्य पनि निर्धारण गरेको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सरकारले एकतर्फी तरिकाले अव्यावहारिक मापदण्ड बनाएकाले आन्दोलनमा उत्रन बाध्य भएको दावी गरेका छन् ।
व्यवसायी संघले आज पत्रकार सम्मेलनको आयोजना गरि थप आन्दोलनका कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ ।

No comments: