धोवीघाटको भूत ब्युतिँयो' प्रचण्डलाई एक्ल्याउन बावुराम र काजीबीच साँठगाँठ
अरुबेला दुई धुर्वमा विभाजित माओवादीका उपाध्यक्षद्वय बावुराम भट्टराइ र नारायणकाजी श्रेष्ठबीच अध्यक्ष प्रचण्डलाई एक्लाउनेबारे अर्को गोप्य सहमति भएको छ । काजीको निवास हरिसिद्धिमा बुधबार साँझ दुई नेताबीच गोप्य सहमति भएको हो ।
केन्द्रीय समितिमा पदाधिकारी चयनमा लफडा भइरहेको समयमा बावुराम र काजीबीच धोबिघाट सरहकै गोप्य सहमति भएको स्रोतले जनायो । केन्द्रीय समिति र पदाधिकारीमा प्रचण्ड पक्ष हावी हुने भएपछि बाबुराम र काजी समूह रूष्ट भएको हो ।
बावुराम समूहका टोपबहादुर रायमाझी र काजी समुहका गिरिराजमणि पोखरेललाई दिने भनिएको सचिव पद खारेज गर्न लागिएको भन्दै दुई नेताबीच एकभएर केन्द्रीय समितिमा उभिने सहमति भएको थियो ।
वाबुराम सरकारका उपप्रधानमन्त्री रहेका काजीले सरकारको नीतिको विरोध गरेका कारण उनीहरूबीच राम्रो बोलचाल समेत थिएन । प्रचण्ड पक्षले आफूहरूलाई पेलेको अनुभव गरेका उपाध्यक्षद्वय फेरि मिलेपछि माओवादी भित्रको आन्तरिक सरगर्मी बढेको छ ।

No comments: