गोर्खाकपको उपाधीका लागि आर्मि मनाङसंग भिडने
३० जेठ, काठमाडौ । राजधानीमा जारी गोर्खा कपको उपाधीका लागि चिरप्रतिद्वन्दी त्रिभुवन आर्मि र मनाङ मस्र्याङ्दी भिडने भएका छन । लिग च्याम्पियन थ्री स्टारलाइ १-० को गोल अन्तरले पछाडि पार्दै मनाङ फाइनलमा प्रवेश गरेपछि उपाधिका लागि शनिवार भीडन्त हुने भएको छ ।
मनाङका लागि बैकल्पिक खेलाडी विसाल राइले ८७ औ मिनेटमा गोल गरेका थिए । ब्वाइज युनियनलाइ पराजीतगर्दै आर्मि फाइनल प्रवेश गरेको छ । शनिवार हुने फाइनल खेल रोजक हुने अनुमान गरिएको छ ।

No comments: