Breaking News

माओवादी केन्द्रीय समितिमा भएका रमाइला प्रसंग, पढ्नुस केन्द्रीय समितिमा के भयो ?

communist-flag३० जेठ, काठमाडौ । अध्यक्ष कमरेडले प्रतिवेदनमा 'गाउँलाई शहर र शहर बनाउने' लेख्नु भएको रहेछ, केन्द्रीय सदस्य लोकेन्द्र बिष्टले प्रचण्डलाई प्रश्न गरे, 'प्रचण्ड कमरेड हामीले गाउँलाई शहर त बनाउँला, तर तपाईले शहरलाई गाउँ कसरी बनाउनु हुन्छ ? यस्तो हुनै नसक्ने कुरा गर्नुभएन । ' बिष्टको कुराले केन्द्रीय समिति बैठकमा हाँसोको फोहोरा छुट्यो ।
माओवादी केन्द्रीय समितिको बैठकमा बिहिबार यस्ता कयौ ठट्टा भयो, जसका कारण केन्द्रीय सदस्यहरुले निदाउने र 'हाई' काढ्न परेन । बिष्टले थपे, 'पार्टीलाई निकम्मा, ब्रोइलर र पर्यटकको केन्द्र बनाउनु भएन । उनले पर्यटक भन्दा अन्यदलबाट माओवादीमा प्रवेश गरेकाहरू रूष्ट देखिएका थिए । 'समान स्तरका नेतालाई विभेद गरिएको प्रति असन्तुष्टि जनाउदै बिष्टले भने, 'कसैलाई कामै काम र कसैलाई घामै घाम गर्न भएन ।'
बिष्टपछि बोल्ने पालो आयो बावुराम पक्षीय नेता राम कार्कीको, उनले पनि प्रचण्डको उत्पादन कार्यक्रमप्रति व्यङ्ग गरे । राजनीतिक स्थितरताबिना आर्थिक क्रान्ति वा आर्थिक उत्पादनको कुरा फगत गफ हुने टिप्पणी गरे । 'राजनीतिक नीति प्रष्ट नहुँदै आर्थिक नीतिको कुरा लगाम बिनाको घोडा हुन्छ, त्यस्लाई कस्ले सम्हाल्ने, उनले भने ।
'धादिङमा एकमुठा सागको १० रुपैँया पर्छ, कालीमाटी आउदा २० रूपैँया हुन्छ र बानेश्वरमा आइपुग्दा ३० रूपैँया पर्छ, न त्यो किसानले तरकारीको वास्तविक मुल्य पायो, न उपभोक्ताले सुलभ मुल्यमा पायो, उनले भने, 'हामीले गर्ने भनिएको उत्पादन नीतिले त्यो किसानलाई कहानेर संवोधन गर्छ ?'
कार्कीले आफ्नो पार्टीको जनआधार कुन वर्ग भन्ने बिषयमा अध्यक्ष प्रचण्ड अलमलमा रहेको टिप्पणी गरे ।' २०४६ सालपछि एमालेले जुन मध्यम वर्गको नेतृत्व गरेको थियो, एमाले सम्पन्नशाली बनेपछि त्यो वर्ग खाली रहेकोले माओवादीले उनीहरूलाई संवोधन गर्ने आर्थिक कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ थियो ।'
कार्कीपछि बोलेका वाइसिएल अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य गणेशमान पुनले केन्द्रीय सदस्यमा युवालाई नल्याउन १५ बर्षे हदबन्दी लागू गर्न लागिएको भन्दै आपत्ति जनाएका थिए ।' होलटाइमर बनेको १५ बर्षपछि केन्द्रीय सदस्य बनाउने भन्ने कुरा युवालाई बन्ध्याकरण गरेर पार्टीलाई बृद्धाश्रम बनाउन लागिएको' टिप्पणी गरे ।
गणेशमान पुगको कुरालाई अश्वीकार गर्दै बृद्ध नेता नन्दकुमार प्रसाइले कम्युनिष्ट पार्टीमा उमेरको हदबन्दी लगाउने कुरा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको सिद्धान्त विपरित भएको बताए । आजको बैठकमा शान्ति प्रक्रिर्यापछि माओवादीमा प्रवेश गरेका लीलामणि पोखरेल, डिलाराम आचार्य, नवराज सुवेदी, विश्वभक्त दुवाल जस्ता नेताले धेरै समय बोलेका थिए ।




How about this Article

No comments:

Leave a Reply