निर्वाचन युद्ध मैदान, तयारीमा लाग्न थापाको निर्देशन
राष्ट्रिय प्रजातन्त्र पार्टीको नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा आज भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले निर्वाचनको युद्धमा आजैबाट लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने, 'लामो प्रतिक्षापछि निर्वाचनको संघारमा पार्टी एक भएको छ, एकीकृत राप्रपाको पूरै दृष्टि निर्वाचन सफल हुनेतर्फ केन्द्रीत रहन्छ ।'
पार्टी एकताले जनता र कार्यकर्तामा नयाँ जोश थपेको भन्दै थापाले निर्वाचनमा पार्टीलाई मुख्य शक्ति बनाउन लागि पर्नुपर्छ । कार्यक्रममा राप्रपाका निर्वतमान अध्यक्ष तथा उच्च स्तरीय कार्य सम्पादन समितिका सदस्य पशुपति शमशेर राणाले पार्टीलाई वैकल्पिक प्रजातिन्त्रक शक्ति बनाउन सिंगो पार्टी लाग्नुपर्ने बताए । पार्टी गुट उपगुटमा नलागे आगामी निर्वाचनमा अपेक्षाकृत सफलता हासिल गर्ने भन्दै भने, यसका लागि सबै कार्यकर्ता सक्रिय भएर लाग्नुपर्छ ।
निर्वाचनका लागि बनेको सरकारले तीन महिनासम्म पनि निर्वाचनको मिति घोषणा गर्न नसक्नु सरकारको लाचारिनपन हो राणाले भने । सरकारले निर्वाचन घोषणा नगरे पनि देश निर्वाचमा होमिनुको विकल्प नभएको भन्दै उनले सबै कार्यकर्तालाई निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिए ।

No comments: