शहिदको सपना पूरा गर्न संविधानसभा
तनहुँको आँबुखैरेनी-१, सत्रसयमा सहिद बिनोद पन्त "जितेन्द्र" र शेषमणी लामिछाने " मणी" को छैंटो स्मृती सभालाई आज सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका महराले पार्टी सुदृढीकरण तथा जनताको लागि आफ्नो पार्टीले ७५ वटै जिल्लामा विशेष कार्यक्रम संचालन गर्ने बताए । उनले पार्टी एकिकरण र गाउँ गाउँमा संगठन विस्तारको कार्य केन्द्रीय कमिटीको बैठक पछि मात्र गरिने जानकारी दिएका छन् ।
द्वन्द्धकालमा घाईते, अपाङ्ग भएका तथा शहिदका परिवारहरूले सहित तरिकाले राहत पाउन नसकेको बताएका छन् । साथै, उनले सरकारलाई ठिक ढंगले द्वन्द्ध पिडितहरूलाई राहत वितरण गर्न पनि आग्रह गरेका छन् । २ पटकसम्म सरकारको जिम्मेबारी सम्हालेको एमाओवादीले विकासको काम गर्न नसकेको महराले स्वीकार गरेका छन् ।
यसैबीच, एमाओवादीका नेता महराले मित्रता उच्च माध्यमिक विद्यालय आँबुखैरेनीको निरिक्षण गरेका छन् । नेता महराले विद्यालयमा रहेको भौतीक संचरनाहरुको निरिक्षण गरेका थिए । निरिक्षणपछि उनले विद्यालयको आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

No comments: