Breaking News

राजसंस्था नभइ देश बन्दैन

kamal thapa one३० जेठ, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुक भित्र मौलाएको अराजकता, अव्यवस्था, अस्थिरता र संकटको मुल जड एकीकृत नेकपा माओवादी रहेको आरोप लगाएका छन् ।


झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले एमाओवादीले नै देशलाई अस्थिरता र संकट तर्फ धकेलेको बताएका छन् ।
 एमाओवादीप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका नेता कमल थापाले एमाओवादीले देशलाई निकास दिन नसक्ने भन्दै देशको निकासको बाधक नै एमाओवादी रहेको आरोप लगाएका छन् । राजसंस्थाको वकालत गर्दै विभीन्न जिल्लाका कार्यक्रममा व्यस्त रहेका थापाले राजसंस्थाले नै देशलाई निकास दिन सक्ने समेत बताए ।

How about this Article

No comments:

Leave a Reply