Breaking News

माओवादी केन्द्रीय समितिमा लोकमानसिंह कार्कीको चर्चा

Lokmanshing karki३० जेठ, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीलाइ नियुक्त गरिएकोमा एकीकृत माओवादी भित्र विवाद सुरू भएको छ । माओवादीका लीलामणि पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ती गल्ती भएको बताएका हुन् । 


केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा पोखरेलले कार्कीजस्तो बदनाम व्यक्तीलाई अख्तियारमा नियुक्ती गर्दा पार्टीको छबी झन धुमिलिएको टिप्पणी गरेका हुन । माओवादी प्रस्तावमा कार्की अख्तियार प्रमुख नियुक्त भएका थिए । पोखरेलले कार्कीको नियुक्ती आफ्नै पार्टीका लागि आत्मघाती हुन सक्ने टिप्पणी गरेका थिए ।

How about this Article

No comments:

Leave a Reply