Breaking News

निर्वाचन कानून पारित, अन्सारीको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग

Election-Nepal३० जेठ, काठमाडौ । लामो समयको अल्मलपछि सरकारले संविधानसभा निर्वाचन सम्बन्धी कानून पारित गरि प्रमाणिकरणकालागि राष्टपति कार्यालयमा पठाएको छ । नेपाल सरकार मन्त्रीपरिषदको विहिबार साझ बसेको बैठकले निर्वाचन कानून पारित गरि प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिए ।

सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिल अलि अन्सारीको संयोजकत्वमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठग गरेको छ । आयोगमा भुगोलविद नेत्र धिताल, समाजशास्त्री डम्बर चेम्जोङ, प्रशासनविद मधुनिधि तिवारी सदस्य छ । प्रधानमन्त्री कार्यालयका सचिव राजुमान मल्ललाइ सदस्य सचिव तोकिएको छ ।
आयोगलाई २४० निर्वाचन क्षेत्र कायम गर्नेगरी निर्वाचन क्षेत्र पुर्ननिर्धारण गर्ने जिम्मेवारी तोकिएको छ । आयोगलाइ ३० दिनभीत्र प्रतिवेदन पशे गर्न निर्देशन दिइएको छ ।

How about this Article

No comments:

Leave a Reply