झलनाथका दिन सकिए, अन्तिम बैठक आज
संयन्त्रको कार्यालय नयाँ बानेश्वरमा अपरान्ह बस्ने बैठकमा मंसीर ४ गतेको निर्वाचन सफल बनाउने बिषयमा छलफल हुनेछ । सरकारले चुनाव मिति घोषणा गरेको सम्बन्धमा निर्वाचनलाई सफल बनाउनेबारे छलफल हुने खनाल निकट स्रोतले बतायो ।
संयन्त्रको नेतृत्व भोली देखी मधेशी फोरमका विजयकुमार गच्छदारले लिनेछन् । अध्यक्ष खनालले आफ्नो कार्यकाल माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति सुशील कोइरालाको भनदा सफल भएको जीकिर गरेका छन् ।

No comments: