Breaking News

रामेश्वर खनाल माओवादीको तर्फबाट चुनाव लड्ने

Rameshwor-Khanal३१ जेठ, काठमाडौ । पूर्व अर्थसचिव एवं माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइको आर्थिक सल्लाहकार रामेश्वर खनाल आगामी निर्वाचनमा माओवादीका तर्फबाट चुनाव लड्ने भएका छन् ।

पटक पटकको छलफलपछि खनाल माओवादीका तर्फबाट पाल्पा क्षेत्र नं ३ वाट चुनाव लड्ने भएका हुन । माओवादीको पटक क्षेत्र भएपनि गतिलो उम्मेदवार नभएका कारण गत निर्वाचनमा सो क्षेत्रबाट एमालेका कुलप्रसाद नेपाल विजयी भएका थिए । 

गत संविधानसभा निर्वाचनमा पराजित भइसकेका नेत्रप्रसाद पाण्डेले फेरिपनि जित्ने संभावना नभएपछि माओवादीले खनाललाई चुनाव लडाउन लागेको हो । सो क्षेत्रमा डा. भट्टराइ प्यानलका पाण्डेका अतिरक्त पूर्व सभासद बिनोद पहाडी आकांक्षी छन् ।

व्यक्तीगत हिसाबले पनि सो क्षेत्रमा रामेश्वरको राम्रो प्रभाव भएकोले माओवादीले उनैलाई रोजेको हो । बाबुराम प्रधानमन्त्री रहेको समयमा रामेश्वर आर्थिक सल्लाहकार समितिमा सदस्य थिए । यद्यपी खनालले माओवादीको सदस्यता लिन अश्वीकार गरिरहेका छन् ।

'हरि रोका जस्तै माओवादीको सुभेक्षुकको रूपमा उमेदवार उठ्न तयार छु, खनालले भनेका छन्, होलटाइमर कार्यकर्ता बनेर राजनीति गर्ने रूची छैन् ।' प्रचण्ड पक्षधर कार्यकर्ताले भने चुनाव जित्न आफूहरू सक्षम रहेको बताउदै आएका छन् ।

How about this Article

No comments:

Leave a Reply