ज्ञानेन्द्रका ज्वाँई २५ सय धरौटी तिरेर छुटे
प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेर खोजी गरिरहेका राजबहादुर आफैले बिहिबार प्रहरीसमक्ष आत्मसमपर्ण गरेका थिए । क्यासिनोमा नेपालीलाई प्रवेश गराएको आरोपमा उनला प्रहरीले खोजिरहेको थियो र उनीभने फरार थिए ।
प्रहरीले नेपालीलाई क्यासिनोमा छिराएको आरोपमा उनी विरूद्ध काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । फरार राजकुमारलाई प्रतिवादी बनाएर प्रहरीले क्यासिनोमा पक्राउ परेका नेपालीसहित मुद्दा चलाएको थियो ।
करिब एक महिना फरार रहेको सिंह बिहीबार वकिल तथा सहयोगीसहित अदालत पुगेका थिए । उनले क्यासिनोबाट नेपाली पक्राउ पर्दा आफू विदेशमा रहेको र त्यसबारे आफूलाई जानकारी नभएको प्रहरीसँगको बयानका क्रममा बताएका छन् ।

No comments: