Breaking News

अमेरिकाको रासायनिक भट्टीमा विस्फोट, २ को मृत्यु, ४९ घाइते

explosion in US chemical plant३१ जेठ, एजेन्सी । अमेरिकाको सिगागोमा एक रासायनिक भट्टीमा बिस्फोट हुँदा कम्तिमा २ जनाको ज्यान गएको छ भने करिब ४९ जना घाइते भएका छन् ।
बिहिबार भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टी भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरूले बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

उक्त रासायनिक भट्टीमा करिब ६ सय कामदारहरूले काम गर्ने बताइएको छ । उक्त घटना विस्फोट त्यहाँको स्थानीय समयअनुसार बिहान ९ बजे भएको थियो । त्यहाँ नजिकै बस्दै आएका स्थानीयबासीले उक्त रासायनिक भट्टी विस्फोट हुँदा आफ्ना घरहरू समेत थर्किएको महशुस गरेको बताएका छन् । उनीहरूले विस्फोटपछि उक्त क्षेत्रमा निकै ठूलो आगोको मुस्लो र धुँवा देखेको समेत बताएका छन् ।

विस्फोटपछी त्यस वरपर करिब २ माइल वरपर बस्ने सबै मानिसलाई आफ्ना झ्याल ढोका सकेसम्म बन्द गरेर बस्न र घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । रासायनिक भट्टीबाट निस्कन सक्ने रासायनिक पदार्थले असर नगरोस भनेर यस्तो आग्रह गरिएको हो ।

How about this Article

No comments:

Leave a Reply